Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित

banner single news

काठमाडौं, भदौ १५ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। हिजो काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.