Fast Nepal News

दोरम्बा र गोकुलगंगामा सल्भेसन आर्मी मिशनले गर्‍यो स्वास्थ सामाग्री सहयोग।

banner single news

 

सल्भेसन आर्मी मिशन नेपालले रामेछाप जिल्ला स्थित दोरम्बा र गोकुलगंगा अस्पतालमा ठूलो परिमाणमा स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ।गतहप्ता दोरम्बा प्राथमिक स्वस्थ चौकीमा ८बेड अस्थायी टेण्ट निर्माण र स्वस्थ उपकरण हस्तान्तरण गरेको तथा रामेछापको रसनालुको गोकुलगंगा अस्पतालमा १२ सिट क्षमताको अस्थाई टेण्ट र स्वस्थ्य उपकरण सामाग्री हस्तान्तरण गरेको सल्भेसन आर्मी मिशनका नेपाल कोषाध्यक्ष निशान लोले बताए।

ग्रामीण गाउँपालिका मध्ये दोरम्बा र रसनालु सबैभन्दा बढी प्रभावित क्षेत्र भएकाले स्वस्थ सामाग्री हस्तान्तरण गरेको मिशनका नेपाल प्रमुख निशान लोले जानकारी गराए।स्थानीय सरकार र समाज कल्याण परिषदको समन्वयमा सल्भेसन आर्मी (मिशन) नेपालले सहयोगमा जुटाउदै आइरहेको छ।
कोभिड विरुद्धको अभियानमा आफुहरु अग्रपंक्तिमा रहेर बिरामीहरूको उपचार र खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गर्दै मानवीय सेवामा जुटेको लोले बताएका छन

Inside Article Ads


विगतका बिपत्तिमा समेत देशका विभिन्न भागहरुमा गएर हातेमालो गरेको र आगामी दिनमा समेत सहयोग गर्ने उनले बताए। सल्भेसन आर्मी मिशनको स्थापना युद्ध वा बिपत्ति सेवाको भाबनालाई लक्षित गरि स्थापित गरेको अन्तर्राष्ट्रिय कल्याणकारी संस्था हो।बिगत एक दशक देखि नेपालमा समेत गैरसरकारी संस्थामार्फत मानवीय सेवामा कृयाशिल हुँदै आइरहेको छ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.