Fast Nepal News

लमजुङमा साढे चौध सयलाई कोभिड विरुद्धको खोप

banner single news

सुमित्रा भुजेल

लमजुङमा एक हजार ४५० जनाले कोभिड विरुद्धको पहिलो चरणको खोप लगाएका छन् । भारत सरकारले उपलब्ध गराएको खोपमध्ये जिल्लालाई आएको १ हजार ५७० खोपमध्ये उक्त सख्याले कोभिड विरुद्धको लगाएको कोभिड सम्र्पक ब्यक्ति यम बरालले बताउनुभयो ।

जिल्लामा पहिलो चरणको खोप शनिबार सम्पन्न भएको छ । सो सख्यामध्ये ४७९ जना पुरुष र ९७१ जना महिलाले पहिलो चरणमा कोभिड विरुद्धको खोप लगाएका छन् । त्यस्तै १२० जनाले लगाएनन् । पहिलो चरणमा भएकाले डराएर, खोप लगाउन नहुने भएका लगायतका कारणले सबैले खोप नलगाएको हुन सक्ने उहाँले बताउनुभयो ।

Inside Article Ads

पहिलो चरणमा लगाएकाहरुले २८ दिनपछि दोस्रो मात्रको खोप लगाउनु पर्ने हुन्छ, प्रदेश सरकारले उपलब्ध गराएपछि उनीहरुलाई खोप लगाईने फोकल पर्सन बरालले भन्नुभयो । पहिलो चरणको खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड १९ को संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो ।

उक्त खोपमध्ये आठ वटा स्थानीय तह भएको यस जिल्लामा पहिलो चरणमा बेँसीशहर नगरपालिकामा २२९ पुरुष र २६० जना महिला गरी २१० जना, मध्यनेपाल नगरपालिकाका ४५ जना पुरुष र १५५ जना महिला गरी २०० जना, क्व्होलासोंथर गाउँपालिकाका २० जना पुरुष र ९० जना महिला गरी ११० जनाले लगाएका छन् । त्यस्तै, सुन्दरबजार नगरपालिकाका ७२ पुरुष र १३८ महिला गरी २१० जना, दुधपोखरी गाउँपालिकाका १२ जना पुरुष र ५३ जना महिला गरी ६५जना, राइनास नगरापालिकाका ३९ जना पुरुष र ११० जना महिला गरी १५९ जना, मस्र्याङ्दी गाउँपालिकाका २४ पुरुष र ९२ जना पुरुष र दोर्दी गाउँपालिकाका ४८ जना पुरुक्ष र ८३ जना महिला गरी १३१ जनाले खोप लगाएको कोभिड सम्र्पक ब्यक्ति बरालको भनाई छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.