Fast Nepal News

थप १४९० जनामा कोरोना संक्रमण पुष्टि, १५६७ निको भए

banner single news

काठमाडौं, १७ मंसिर – नेपालमा पछिल्लो २४ घण्टायता थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर हालसम्म कोरोना संक्रमित हुनेको संख्या २३६२४६ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ८३०० वटा पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म १७५४६३० वटा नमूनाको पीसीआर परीक्षण भएको छ।

आज थप १५६७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म २१८१६१ जना संक्रमित कोरोना मुक्त भएका छन्। आज मुलुकमा १६५४७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। जसमध्ये १०७४१ जना होम आइसोलेसनमा र ५८०६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Inside Article Ads

हाल क्वारेन्टिनमा ६०५ जना रहेका छन्। आईसीयूमा ३६५ जना ार ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.