Fast Nepal News

कोरोनाविरुद्धको पहिलो खोपले ९० प्रतिशत काम गर्ने

banner single news

काठमाडौं, कात्तिक २४ –  कोरोना भाइरस विरुद्धको पहिलो खोपले ९० प्रतिशत सुरक्षा दिलाउन सक्ने पछिल्लो समय गरिएको नयाँ अध्ययनले देखाएको छ । खोप निर्माणकर्ता ‘पिफाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन् । उनीहरुले निर्माण गरेको खोप छ वटा देशमा ४३ हजार बढी मानिसहरुमा परीक्षण गरिएको थियो ।

उक्त कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएको छ । अहिले विश्वभर एक दर्जन भन्दा बढी कम्पनीहरु खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्येमा पिफाइजर नतिजा सार्वजानिक गर्ने पहिलो कम्पनी बनेको छ ।

यो खोप तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको अनुसन्धानमा उल्लेख छ ।

Inside Article Ads

पिफाइजरका अनुसार यो वर्षको अन्त्य सम्म ५ करोड डोज उत्पादन हुन सक्छ । पिफाइजरका प्रमुख डाक्टर अल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसहरुलाई यो विश्वव्यापी स्वास्थ्य संकटबाट निकाल्नको केबल एक कदम पछि छौँ ।’

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.