Fast Nepal News

विज्ञ चिकित्सकसहितको टेलिसेन्टर सञ्‍चालनमा

banner single news

काठमाडौं, कात्तिक २० – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले कोरोना भाइरस संक्रमणबारे नागरिकलाई जानकारी गराउने उद्धेश्यले विज्ञ चिकित्सक रहेको टेलिसेन्टर सञ्चालन ल्याएका छन् ।

उनले कोरोनाबारे नागरिकलाई सही सूचना दिन र आवश्यकता अनुसार विज्ञचिकित्सकसँग नागरिकले सिधैं परामर्श गर्ने गरी टेलिसेन्टर सञ्चालनमा ल्याएको जानकारी दिए । काठमाडौं निर्वाचन क्षेत्र नं.८ का नागरिकलाई लक्षित गरेर सुरु गरिएको टेलिसेन्टर सेवा बिहान, दिउँसो र राति गरी तीनवटै सिफ्टमा २४ घण्टा उपलब्ध हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

Inside Article Ads

नागरिकले चिकित्सकसँग सिधै टेलिफोन सम्पर्क गरेर आवश्यक परामर्श लिन सक्नेछन् । टेलिसेन्टरमा दुई जना बरिष्ठ चिकिस्तक डा। रविन्द्र पाण्डे र डा। भूपेन्द्र बस्नेतले आवश्यक परामर्श दिने नेता जोशीले बताए । उनका अनुसार बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा चिकित्सकसँग परामर्श गर्न तीन वटा छुट्टाछुट्टै फोन नम्बर उपलब्ध गराइएको छ । नेता जोशीले टेलिसेन्टरको व्यवस्था देशभरमै आफ्नो निर्वाचन क्षेत्रमा पहिलो भएको दावी गरे ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.