Fast Nepal News

ओबामालाई पनि पछि पारे बाइडेनले, पाए अमेरिकाको इतिहासमा सबैभन्दा धेरै भोट

banner single news

काठमाडौं, कात्तिक २० – अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अहिलेसम्मकै बढी मत प्राप्त गरेका छन्।

बाइडेनले अहिलेसम्म ७ करोड २० लाख ४९ हजार ३४१ मत प्राप्त गरेका छन्। यो अमेरिकी राष्ट्रपति निर्वाचनमा अहिलेसम्मका उम्मेदरवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो।

यसअघि सन् २००८ मा भएको निर्वाचनमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार बारक ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए। बाइडेनले निर्वाचनको अन्तिम नतिजा आइनसक्दै उनलाई उछिनेका हुन्। अन्तिम नतिजा आउनेबेलासम्म लोकप्रिय मतमा ट्रम्पले पनि ओबामालाई उछिन्ने देखिएको छ।

Inside Article Ads

बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले अहिलेसम्म ६ करोड ८५ लाख ६ हजार १६० मत प्राप्त गरेका छन्।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.