Fast Nepal News

पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमित डिस्चार्ज

banner single news

काठमाडौं, कात्तिक १३ –पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा एक लाख २४ हजार ८ सय ६२ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७५दशमलभ ८ प्रतिशत रहेको छ।

Inside Article Ads

आज मन्त्रालयका अनुसार ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख १९ हजार ६४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ८ सय ८९ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ९ सय ५२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.