Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए १६८४ जना कोरोना संक्रमित

banner single news

काठमाडौं, असोज २१ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १६८४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै आज देशभर कुल ३४३९ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका जिल्लाहरू काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा २९३ जना कोरोना संक्रमित भेटिएका छन्।

मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाको सक्रिय संक्रमितको संख्या २५००७ पुगेको छ।

Inside Article Ads

मन्त्रालयले काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेसँगै उपचारका लागि अस्पतालको अभाव हुन थालेको जनाएको छ। बढ्दो संक्रमणलाई ध्यान दिँदै अनावश्यक आवतजावतलाई रोक्न पनि मन्त्रालयलाई अनुरोध गरेको छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.