
काठमाडौं, असोज १८ – नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।
मन्त्रालयका अनुसार हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौंका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिनकी बालिका, बाँकेमा २५ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
Visited 11 times, 1 visit(s) today
