Fast Nepal News

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, असोज १८ – पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।

केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ र तीनजना सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको हो ।

थापाले भने, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’

Inside Article Ads

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठलगायतमा पनि कोरोना पोजेटिभ भेटिएको थियो ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.