Fast Nepal News

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

banner single news

काठमाडौं, आश्विन ८ – कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला कोरोनामुक्त भएका छन् । बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइराला आफैले पनि सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिँदै चिकित्सकको सल्लाहअनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने र त्यसपछि पार्टीको नियमित काममा फर्किने बताएका छन् ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

Inside Article Ads

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ॐ अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो । उनी असोज ३ गते अस्पताबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा बसेका थिए

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.