Fast Nepal News

लमजुङमा निर्वाचन लक्षित भेटघाट र चाडपर्वको शुभकामना कार्यक्रम सम्पन्न

banner single news
 ०१ कार्तिक, काठमाडौँ‌ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा दलहरु चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै जनताको घरदैलोमा पुग्नुभएको छ। आसन्न मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन लक्षित अभियानको क्रममा कार्यकर्ता भेटघाट एबं शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो चुनावी प्रतिवद्धता व्यक्त गर्नुहुँदै लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिएर विजय गराउन सबै लमजुङ क्षेत्रमा रहेका मतदाताहरुलाई आग्रह गरेकोे कमल खड्काले जानकारी दिनुभयो ।

यसैगरी सुन्दरबजार नपा वडा नंम्वर २ र सुन्दरबस्ती टोलमा लोकतान्त्रिक-वाम गठबन्धनको उम्मेदवारहरुकाे रुपमा रहनुभएका नेकपा (माओबादी केन्द्र)का महासचिव देव गुरुङ र प्रदेश सभाको उम्मेदवार नेपाली कांग्रेस, लमजुङ्गका पूर्व सभापति युवा नेता भेष बहादुर पौडेल, नेकपा (माओबादी केन्द्र)को केन्द्रीय सदस्य एबं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पारसमणि पौडेल, उर्मिला माझी (पौडेल)को उपस्थितिमा लमजुङ क्षेत्रमा असोज ३१ गते  चाडपर्वकाे उपलक्ष्यमा शुभकामना सगैं निर्वाचन लक्षित कार्यक्रम भव्यरुपमा सम्पन्न गरेकोे छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.