
प्रकाश कपाली।
नेपाल विद्यार्थी संघ स्थापना भएको ५३ औं वार्षिकोत्सबको अवसरमा आज रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूको सक्रियतामा बिहानको ८.३० बजेदेखि शुभकामना आदानप्रदान र चियापान आयोजना कार्यक्रमको शुभारम्भ गरेको थियो।
यसै अवसरमा नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति नविन केडीको अध्यक्षतामा चियापान कार्यक्रमको आयोजना भएको थियो। चियापान कार्यक्रम र शुभकामना आदानप्रदान बिच रत्नराज्यलक्ष्मी क्याम्पस नेपाल विद्यार्थी संघ इकाईले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
