Fast Nepal News

धरानमा एकै दिन भेटिए १०० भन्दा बढी डेंगु संक्रमित,

बीपी प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त तीन वर्ष अगाडिको भयावह अवस्था दोहोरिन सक्ने

banner single news

३ साउन, काठमाडौं । धरान उपमहानगरपालिकामा डेंगु संक्रम दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मनसुन सुरु भएदेखि डेंगुका बिरामी आउने संख्या बढ्दो छ ।

‘हाल डेंगुकै बिरामीले आकस्मिक कक्ष भरिभराउ भएका छन् । बिरामीको चाप बढेपछि छुट्टै डेंगु क्लिनिकबाट सेवा दिइरहेका छौं’ पोखरेलले अनलाइनखबरसँग भने, ‘यो सुरुवाती दृश्यले डेंगु प्रकोपकै रूपमा फैलिन सक्ने आकलन गर्न सकिन्छ ।’

उनका अनुसार दैनिक परीक्षण गरिएको मध्ये ७५ प्रतिशतभन्दा बढीलाई डेंगु पुष्टि हुने गरेको छ । डेंगु संक्रमित बढेसँगै धरान उपमहानगरपालिका र प्रतिष्ठानको सहकार्यमा क्लिनिक सञ्चालनमा आएको हो ।

धरानमा हाल संक्रमणसँगै बिरामीको मृत्यु समेत हुन थालेको छ । डेंगु संक्रमणको कारण उपमहानगरपालिका वडा १७ की ३७ वर्षीया महिलाको मृत्यु भइसकेको छ । पोखरेलका अनुसार दैनिक डेंगुका ४०-५० जना आकस्मिक कक्षमा भर्ना हुने गरेका छन् ।

‘आकस्मिक कक्षको क्षमता १०० बेडको छ । तर, डेंगुका दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुँदा आकस्मिक कक्ष भरिभराउ हुने गरेको छ’ पोखरेलले भने, ‘बालबालिका, गर्भवती, ज्येष्ठ नागरिकसम्मलाई डेंगुको संक्रमण भइसकेको छ । धरानमा समुदायस्तरमा संक्रमण फैलिइसकेको छ ।’

अस्पतालको तथ्यांक अनुसार वैशाखदेखि १७४ जना डेंगुका बिरामीलाई वार्ड वा आईसीयूमा भर्ना गरेर उपचार गरिसकिएको छ । ‘बिरामी अस्पतालमा भर्ना हुने संख्या दिनप्रतिदिन दोब्बरको संख्यामा बढिरहेका छन् । केही दिनयता गम्भीर प्रकृतिका बिरामी बढ्दो छन् । जसलाई आईसीयूमा समेत राखेर उपचार गरिरहेका छौं’, पोखरेलले भने,।

उनका अनुसार अधिकांश मानिस घरमै सिटामोल खाएर आराम गरेर बस्ने गर्छन् । तर, गाह्रो बनाएपछि मात्रै अस्पतालमा आउने गरेका छन। समुदायस्तरमा डेंगु फैलिइसकेको छ । केही हप्तामा संक्रमण व्यापक फैलिने संकेत गरेको छ ।’
ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, वान्ता हुने तथा पेट दुख्ने लक्षण लिएर परीक्षणका लागि दैनिक २०० को हाराहारीमा आउने गरेको जनाईएकाे छ ।

Inside Article Ads

‘स्थानीय डाक्टरका अनुसार , डेंगुको सुरुवाती फेज हो । क्लिनिकमा आएका बिरामीसँग कुरा गर्दा संक्रमण घर-घरमा फैलिसकेको छ । बिरामीको केसहरू झन्-झन् बढिरहेकाले तीन वर्ष अगाडिको दृश्य दोहोरिने संकेत गरेको छ ।

‘अहिलेको अवस्थालाई हेर्दा डेंगुले प्रकोपकै रूप लिइसकेको छ । वडा नं. १७, १५ र ११ मा बढी फैलिएको छ’ मेहताले अनलाइनखबरसँग भने, ‘अबका दिन हाम्रो लागि चुनौतीपूर्ण हुने देखिन्छ । अघिल्ला वर्षमा संक्रमित भएका भन्दा बढी संक्रमित हुने निश्चित छ ।’

चिकित्सकका अनुसार डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउँछ । तर, ज्वरो घटेर गएको बेला २४ देखि ४८ घन्टाको समयमा भने क्रिटिकल फेजमा रहन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट अत्यधिक रक्तसाव र केहीमा रक्तचाप घटेर सकमा जाने सम्भावना हुन्छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार डेंगुको संक्रमण ६८ जिल्लामा फैलिएको छ । सरकारी अस्पताल पुगेका बिरामीको संख्या मात्र हेर्दा पनि पुसयता २ हजार ९३० जनालाई डेंगु भएको छ । जसमध्ये सुनसरीमा मात्रै १ हजार ५७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी, धादिङमा २५६, दार्चुलामा १८८, कास्कीमा १४९, सखुंवासभामा ५८, काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना डेंगुका बिरामी भेटिएका छन् ।

यस्तै यस वर्ष भने कोशी प्रदेशमा सबैभन्दा बढी डेंगुका संक्रमित भेटिएका छन् । कोशी प्रदेशमा १ हजार ७४६, बागमती प्रदेशमा ४६८, सुदूरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा २६९, लुम्बिनी प्रदेशमा १३४, कर्णाली प्रदेशमा १८ र मधेश प्रदेशमा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.