Fast Nepal News

कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

banner single news

काठमाडौं – बैशाख ९

काठमाडौं, नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।

सो स्तरको तालिमका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता लिन पत्राचार गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भभ पौडेलले जानकारी दिए । लमजुङको सुन्दरबजार नगरपालिका, सिउँडीबारमा २०७६ भदौदेखि सञ्चालमा आएको सो तालिम केन्द्रमा नेपाली सेनाबाट अवकाश प्राप्त हुन लागेका र भइसकेका सेनालाई कृषि तालिम दिइँदै आएको छ । सो तालिम केन्द्र दुई सय रोपनीमा फैलिएको छ ।

पहिलो चरणमा २४ जनाले बाली विज्ञान र १६ जनाले भेटेरिनरीतर्फको तालिम लिइसकेको र हाल ८० जनाले तालिम लिरहेको प्रवक्ता पौडेलले बताए। ८० जनामध्ये ७६ जना बहालवाला र चार जना अवकाशप्राप्त सैनिक रहेको उनको भनाई छ। तालिम लिइसकेपछि रोजगारी गर्न चाहनेका लागि नेपाली सेनाले सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । त्यसका लागि नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग नेपाली सेनाले सम्झौता पनि गरिसकेको छ ।

Inside Article Ads

तालिम लिएर कृषि कर्म गर्न चाहनेलाई तीन लाखदेखि १५ लाख रुपियाँसम्मको सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । तालिम प्राप्त गरी सहकारीमार्फत सामूहिक खेती गर्न इच्छुक भए अझै बढी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।

रोजगारी सिर्जना गर्ने भरपर्दो माध्यम कृषि भएको हुनाले नेपाली सेनाले त्यस खालको कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उनले नेपाली सेनाबाट अवकाशप्राप्त भएपछि बेरोजगार भएर बस्ने वा अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको तथा सैनिक जागिर छाडेर वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढ्दै गएको देखेर प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.