Fast Nepal News

सामाजिक सद्भाव नबिगार्न धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईको अनुरोध

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनदयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको धरान उपमहानगरका मेयर हर्कराज राईको अपिल।

banner single news

८ भदौ,काठमाडौँ—सुनसरीको धरान क्षेत्रमा केहीदिनअघि पहिचानदावीको समूहले गोरु काटेर भोज गरेको घटना सँगै चर्च र मन्दिरको विवाद बाहिर आएपछि जातीय र धार्मिक विवादमा फसिरहेको धरानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ता बढिरहेको अवस्थालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाको मेयर हर्कराज राईसहितको भड्किलो अभिव्यक्तिले तनाव बढिरहेका बेला आज धरान उपमहानगरपालिकाको मेयर स्वयमले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्धभाग खलबलिने खालका गतिविधि नगर्न सार्वजनिक रुपमा अपील गरेका छन् ।

प्रेस विज्ञप्तिको पूर्णपाठसहित

Inside Article Ads

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनदयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको  छ ।

उनले आफ्नो अपीलमा भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकारात्मकतालाई सकरात्मकतामा परिणत गर्न सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सदभाव, भाइचारा र एकता’ कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु ।’

Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.