करण कुवँर(कपिल) समाचार लेखक
२७ चैत,बैतडी -काठमाडौँ-बैतडीमा सञ्चार क्षेत्रको पहुँचलाई बृद्धि गर्न माओवादी केन्द्र जिल्ला कमिटि बैतडीले संघीय सरकारसँग माग राखेको छ । सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयमा माओवादी केन्द्र जिल्ला कमिटि बैतडीले जिल्लामा नेपाल टेलिकमको सहज पहुँचको माग राख्दै निवेदन पेस गरिएको हो ।
पुर्चाैडी नगरपालिका ५ को दहतालमा रहेको नेपाल टेलिकमको टावरको फ्रिक्वीन्सी बृद्धि गर्नुपर्ने, सुर्नया गाउँपालिका ६ मा रहेको टेलिकमको टावरलाई सुचारु गर्न माग गरिएको छ ।
यसैगरी दोगडाकेदार गाउँपालिका ८को छिनालेक, सिगास गाउँपालिकाको केन्द्र, डिलासैनी गाउँपालिकाको केन्द्र, डिलासैनी गाउँपालिका १ र पुर्चाैडी ३को ढुंगाबिसौना, पञ्चेश्वर गाउँपालिका ३ को कुलाउ, पञ्चेश्वर गाउँपालिका २ को घटेलाकोटमा टेलिकमको नयाँ टारव स्थापना गरी यथासिघ्र सुचारु गर्न माओवादी केन्द्र बैतडीका संयोजक तथा जिल्ला इन्चार्जनरेन्द्र कुवँर विजयसुन्दरद्धारा हस्ताक्षरीत मागपत्रमा उल्लेख गरिएको छ ।यसैगरी पुर्चाैडीमा सञ्चालन हुने भनिएको रेडियो सेम आवाजा सञ्चालनका लागि आवस्यक प्राबिधिक सहयोग गर्न पनि माग गरिएको छ ।
Visited 8 times, 1 visit(s) today