२१ फागुन,काठमाडौँ-सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए। मतदानमा ५२ जना सांसद सहभागी भएका थिए। त्यसमध्ये शाहले ४१ मत पाए। उनको विपक्षमा ११ मत पर्यो।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपा र स्वतन्त्र १/१ सांसद छन्। शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।