Fast Nepal News

“समुन्नत र समृद्ध गोरखाको लागि मेरो उम्मेदवारी – राजेन्द्र बजगाई

banner single news

२९ कार्तिक,काठमाडौँ- प्रतिनिधि सभा सदस्य उम्मेदवार, गोरखा संघीय क्षेत्र नः १ का गोरखाका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। मतदाताको माझ आफ्नो प्रतिबद्धता जनाउँदै राष्ट्रिय गौरवको बूढीगण्डकी जल विद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न पहल गरिने र लार्के-दुईला डाजेन (छेकम्पार) आरुघाट बेनिघाट हुँदै ठोरी जोड्ने त्रिदेशीय सडक निर्माण गर्न पहल गरिने विषयलाई उहाँले प्रतिवद्धता पत्रमा महत्वपूर्ण स्थान दिनुभएको छ।

कृषि, पर्यटन र सडक विस्तारमा जोड दिदै गोरखा क्षेत्र नंम्बर १ मा प्रभावकारी रुपमा विकासका गतिविधिहरू अघि बढाउने समेत उहाँको धारणा छ। मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै वन्यजन्तु र प्राकृतिक स्रोत र साधनको प्रयोग गरी जनताको सुझाव अनुरुप विकासका कार्यलाई अघि बढाउने विषयमा लोकतान्त्रिक गठबन्धन गोरखा क्षेत्र नंम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईले आफ्नो क्षेत्रका विकासका कार्यलाई समावेश गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.