
राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को सदस्य सचिवमा पुनः रमेश कुमार सिलवाल नियुक्त हुन् आएका छन्। सिलवाल के पि ओलि निकटका हुन् ।सिलवाल गत महिना राष्ट्रिय खेलकुद विकास ऐन लागु भएपछि पदमुक्त भएका थिए। सिलवालको स्थानमा युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिएको थियो।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।उक्त पदका लागि २७ जनाले आवेदन दिएका थिए । नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ । सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त भएका थियो भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उनि पदमुक्त भएका थिए ।