Fast Nepal News

नेपालले अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दै

banner single news

नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ ।

आईसिसी टि २० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म(अप खेलको तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक तालिका अनुसार नेपालले मे २७ मा क्यानडा विरुद्ध खेल्नेछ भने मे ३० मा अमेरिकाको सामना गर्नेछ ।

नेपालले दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ ।

Inside Article Ads

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध दोस्रो अभ्यास खेल खेलिसकेको छ भने तेस्रो खेल बाँकी छ । मे १८ मा सेन्ट भिन्सेन्टमा अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ ।

मे २२ र २३ मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । जेठ २२ गते नेपालले नेदरल्याण्डसँगै खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

Visited 70 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.