Fast Nepal News

काँग्रेस सांसद कमला पन्तको प्रधानमन्त्रीलाई प्रश्न – सत्ता ठूलो की मुलुक ?

banner single news

राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएकी छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दा समेत नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् । उनले त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईँलाई नै प्रधानमन्त्री बनाउँछु भन्न केले रोक्यो भन्दै प्रश्न गरेकि छन् ।

उनले छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोज्नुभएको भन्दै प्रश्न गरेकि छन् । उनले प्रधानमन्त्री दाहाल सत्तामा बढी केन्द्रित भएको आरोप लगाएकि छन्।

Inside Article Ads

उनले भनिन् ‘जनताले यसले अनियमितता गर्यो , जनताको पैसा यसको पेटमा पर्यो, त्यसले गर्दा कारबाही होस् भनेर जनताले मागेको छ, सिंगो संसदले मागेको छ । सिंगो संसद अवरुद्ध भयो । र अध्यक्षज्यूलाई भन्छु, यो संसदबाट हामी पनि संसद अवरुद्ध गर्न बेलमा आयौँ । के गर्यौँ, त्यो पछि विश्लेषणको कुरा होला । त्यत्रो भएको मान्छे नैतिकता त हुन्छ नि । छानबिन गर्नुस्, राजीनामा दिन्छु भन्न नसक्ने त्यत्रो ठूलो निकायमा बसेको एउटा गृहमन्त्रीले अनि भ्रष्टाचार मौलाउँदैन ?। हामीले कस्तो मान्छेलाई संरक्षण दिएका छौँ । म सम्माननीय प्रधानमन्त्रीलाई भन्छु यहाँबाट निकाल्न सकिँदैन अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईँलाई नै प्रधानमन्त्री बनाउँछु भनेर प्रधानमन्त्रीले भन्न सक्नुहुन्न । केले रोक्यो ? त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्रीलाई । सत्ता नै ठूलो कुरा हो आउनुस् न । अर्को चोटि बहुमत प्राप्त गरेर आउनुस् । सत्ता ठूलो की मुलुक ?’

उनले सत्ता ठूलो की मुलुक भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेकि छन्।

 

Visited 44 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.