
२३ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारलाई भेट्न मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उनकै निवासमा गएर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।
स्रोतकाअनुसार , उक्त विषयमा छलफल गर्न एकीकृत समाजवादीले बैठक बोलाएकाे जनाईएकाे छ।