
१९ पुस, काठमाडौं । हप्तामा तीन दिन हाउस र तीन दिन संसदीय समिति चलाउने लगायतका प्रस्ताव सहित सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डर बनाउने तयारीमा जुटेका छन ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायत छलफलका लागि प्रारम्भिक क्यालेन्डर बनाएरै सभामुख घिमिरेले बुधबार अन्य संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए ।
संसद सचिवालयले जनाए अनुसार , हप्तामा तीन दिन हाउस र तीन दिन संसदीय समिति चलाउने लगायतका प्रस्ताव गरिएको छ । बढीमा एक महिनाको क्यालेन्डर बनाउने र त्यसपछि आवश्यकता अनुसार परिमार्जन गरेर जान सकिने गरि संसदीय क्यालेन्डर बनाउने गरि गृहकार्य अगाडि बढेको छ ।
शुन्य समय, विशेष समयलाई ब्यवस्थित गर्नेदेखि बिधेयकमाथिको छलफलको विषयलाई पनि क्यालेन्डरमै राख्ने तयारी छ ।