Fast Nepal News

कांग्रेसभित्र विवाद बढेपछि लुम्बिनीमा रोकियो सरकार विस्तार

banner single news

७ पुष,काठमाडौँ —सरकार विस्तारको विषयलाई लिएर लुम्बिनी प्रदेशमा कांग्रेसभित्र विवाद चुलिएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विवाद बढेपछि शुक्रबार गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

कांग्रेसबाट थप हुने एक मन्त्रीमा संस्थापन पक्षबाटै हुनुपर्ने केन्द्रदेखिको दबाब र आफ्नो पक्ष नसमेटिए अविश्वासको प्रस्ताव ल्याउनेसम्मको संस्थापनइतर पक्षको दबाबले शुक्रबार सरकार विस्तार गर्ने निर्णयबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पछाडि हटेको कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए । मुख्यमन्त्री चौधरीले सम्हाल्दै आएका तीन मन्त्रालयमध्ये २ मन्त्री नियुक्त गर्न लागेका थिए ।

Inside Article Ads

सत्ता गठबन्धनका कांग्रेस र माओवादीबीचको पछिल्लो पटक कांग्रेसबाट एक र माओवादीबाट एक मन्त्री थप्ने सहमति छ । माओवादीले पाउने खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयमा बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसीलाई पठाउने निर्णय माओवादीले गरिसकेको छ । तर, कांग्रेसबाट सरकारमा जाने मन्त्रीको टुंगो नलागेपछि शुक्रबार हुने भनिएको विस्तार पनि रोकिएको हो ।

माओवादीले यस अघिको सहमतिअनुसार पार्टीले पाउने दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णयसहित सिफारिस गरिसकेको थियो । तर, कांग्रेस प्रदेश समितिका सभापति अमरसिंह पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको हो ।

माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीले कांग्रेस भित्रको विवाद समाधान नभए माओवदीबाट मात्र भए पनि मन्त्री थपेर अघि बढ्न आग्रह गरेको बताए । ‘हामीले एक जनाको नाम निर्णयसहित सिफारिस गरिसकेका छौं,’ उनले भने, ‘कांग्रेसबाट नभए हाम्रो मात्र भए पनि थप्न आग्रह गरेका छौं ।’ कांग्रेसबाट भने अझै मन्त्री हुने व्यक्तिको टुंगो लागेको छैन ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.