
२९ मंसिर,झापा — ‘समृद्धिका लागि संकल्प यात्रा’ को १२ औं दिन घुर्की हुँदै कोशी प्रदेश टेकेको एमाले टोलीमाथि पहिचानवादीहरूले अवरोध सिर्जना गरेका छन् । मंगलबार खोटाङको हलेसी हुँदै ओखलढुंगाको हर्कपुर पुगेर सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । पहिचानवादीहरूले बन्द आह्वान गरेरै कार्यक्रम बिथोल्ने प्रयत्न गरे ।
पहिचानवादी नेता तथा पूर्वसंस्कृतिमन्त्री गोपाल किराँतीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै किटेर ‘चिहान खन्ने’ धम्की दिएका थिए । मदन भण्डारी लोकमार्गको गौंडा ढुकेर बसेका पहिचानवादीहरूले बाटो अवरोध पार्न रूख मात्रै ढालेनन्, ठाउँ–ठाउँमा आगजनीसम्म गर्न भ्याए ।
समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
