
१२ कात्तिक, काठमाडौं । आइतबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने बताएका छन् ।
महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताएका भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले बताए ।
‘सभापतिजीले पिस प्रोसेसको सन्दर्भमा हामीले गरिरहेका छौं र, अहिले पिस प्रोसेसलाई टुंग्याउनका लागि जुन बिल छ, टीआरसी बिल । त्यो चाहिँ संसदको पार्लियामेन्ट कमिटीमा छलफलमा छ । र, हामी छिट्टै टुंग्याउँछौं । र, यसलाई सर्वसम्मत ढंगबाटै लिएर जान्छौं भनेर सभापतिजीले त्यो कुरा राख्नुभयो’,