Fast Nepal News

संसद्को गतिरोध अन्त्यका लागि राष्ट्रपतिले सबै राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुहुँदै

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतल निवास बोलाउनुभएको प्रेस सल्लाहकार पोखरेलको भनाइ

banner single news

५ भदौ,काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । राष्ट्रपति पौडेलले अहिले बिहान साढे ८ बजे बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतल निवास बोलाउनुभएको प्रेस सल्लाहकार पोखरेलको भनाइ छ ।

Inside Article Ads

यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गर्नुभएको थियो ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.