Fast Nepal News

मधेसको पहिलो शक्ति बन्ने लक्ष्य लिएर जनमत पार्टी ‘मिसन ८४’ अभियानमा

जनमत पार्टीका राष्ट्रिय सचिव बिपी साहले ‘सोही हाराहारीको सदस्य बनाउन वडा सुदृढीकरण अभियान, कमिटी गठन र पुनर्गठन, नेता तथा कार्यकर्ता प्रशिक्षण अभियानलाई तीव्रता दिइरहेको बताए।

banner single news

३ भदौ,काठमाडौँ-२३ जिल्लामा संगठन विस्तार, समानुपातिक मत २० लाख पुर्‍याएर मधेसको पहिलो शक्ति बन्ने लक्ष्य लिएर जनमत पार्टीले ‘मिसन ८४’ अभियानमा जुटेको छ।०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मधेस प्रदेशको नयाँ शक्तिका रूपमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी आफ्नो आधार क्षेत्र मधेसमा जनमत बढाउन आक्रामक अभियानमा जुटेको हो ।

चार वर्षपछि हुने निर्वाचनलाई केन्द्रमा राखेर जनमतले ‘मिसन ८४’ अभियान नै थालेको जनमतले ८४ को निर्वाचनमा प्रतिनिधिसभामा पाँच, प्रदेश सभामा मधेस प्रदेशका १३ र लुम्बिनीका तीन गरेर १६ सिट जितेको जनमतले ०८४ को निर्वाचनमा कम्तीमा २० लाख समानुपातिक मत ल्याउने लक्ष्य लिएको छ ।

जनमत पार्टीका राष्ट्रिय सचिव बिपी साहले ‘सोही हाराहारीको सदस्य बनाउन वडा सुदृढीकरण अभियान, कमिटी गठन र पुनर्गठन, नेता तथा कार्यकर्ता प्रशिक्षण अभियानलाई तीव्रता दिइरहेको बताएका छन्।

Inside Article Ads

अहिले मधेसका आठ, लुम्बिनीका ६, कोसीका तीन, गण्डकीको एक, सुदूरपश्चिमको दुई र बागमतीको मकवानपुर र सिन्धुली गरेर २३ जिल्लामा संगठन विस्तार र पार्टी सदस्यता वितरण भइरहेको सचिव साहको भनाई रहेको छ।पार्टी सदस्यता लिनेको संख्या आठ लाख पुगेको जनमतले दाबी गर्दै देशमा आफू नयाँ शक्तिको रुपमा उदाउने कार्यमा निरन्तर जुटिरहेको छ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.