
३ भदौ,काठमाडौँ-लगातार संसद अवरोध भएपछि सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठकको आहवान गरेका छन् ।
संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले आइतबार मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग सर्वदलीय बैठकको आहवान गरेको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउने विषयमा राष्ट्रिय मान्यताप्राप्त दलहरुसँग छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेको बताएका छन्।
