Fast Nepal News

स्याङ्जा समाज अमेरिका एमालेको भर्ति केन्द्र बने पछि विवाद

banner single news

२६ श्रावण,अमेरिका-अमेरिकास्थित स्याङ्जा समाजले मेरिल्याण्डमा च्याप्टर विस्तार गरेपछि विवाद भएको छ । विशेषगरि समाजलाई नेकपा एमालेको भर्ति केन्द्र बनाइएपछि विवादमा आएको हो । एमाले स्याङ्जाका एक नेताको सक्रियतामा अमेरिकामा स्थापित समाजको हालै मेरिल्याण्डमा विस्तार गरिएको थियो ।

एमाले निकटका व्यक्तित्वहरुलाई मात्र राखेर भएको भेलाले संयोजकमा ढाकाराम खनाललाई चयन गरेको छ । नेकपा एमालेमा सक्रिय खनाल लामो समयदेखि अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका व्यवसायी हुन् । केही दिन मै च्याप्टरका अन्य पदाधिकारी र सदस्यहरु मनोनित गर्ने गरी खनाललाई जिम्मेवारी तोकेको छ ।

एमाले निकटका व्यक्तित्वमात्र राखेर भेला आयोजना गरिएको भन्दै मेरिल्याण्डमै बसोबास गर्दै आएका केही स्याङ्जालीहरुले आपत्ति प्रकट गरेका छन् । ‘संस्थाको नाम समाज भए पनि पूरै एमाले भर्ति केन्द्र बनाइएको र समाजको नाममा हुने गरेका गतिविधि पनि एमाले केन्द्रित नै हुने गरेकाले यसले एमाले बाहेक अरु कसैको पनि भलो गर्दैन’, मेरिल्याण्डमै बस्दै आएका एक सामाजिक अभियान्ताले भने ।

Inside Article Ads

अमेरिकाको यसअघि न्यूयोर्कमा पनि च्याप्टर विस्तार भइसकेको छ । सो च्याप्टरमा पनि नेकपा एमाले निकटकै व्यक्तित्वहरु आवद्ध भएको उनले बताए । भेलामा समाजसेवीहरु भनिएका नेकपामा सक्रिय व्यक्तित्वहरु, ढाकाराम खनाल, अशोक केसी, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार श्यामकाजी गुरुङ, पूव सल्लाहकार लोक तिवारी, उपाध्यक्ष वीरेन्द्रजंग केसी, स्याङ्जा समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष दिनदयाल (दिनेश) भण्डारी, स्याङ्जा समाज मलेसियाका संस्थापक अध्यक्ष भवानी शंकर तिवारी सहभागी थिए ।

यसैगरी सामाजिक व्यक्तित्वहरु जेदु पोख्रेल तरुण पौडेलको बिषेश सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा कमल अर्याल, रेशम भण्डारी, राजन पौडेल, कुसुम अर्याल, उज्ज्वल श्रेष्ठ, लोकनाथ मरासिनी, शेष पौडेल, हिरामान श्रेष्ठ लगायत सहभागी भएको बताइन्छ ।

Visited 58 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.