
२६ श्रावण,काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूले बिहान १० बजे आधा घन्टा भेट गरेका हुन्। भेटमा संसद्को जारी अवरोधबारे छलफल भएको छ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका छन्।
Visited 121 times, 1 visit(s) today
