
२४ श्रावण,ललितपुर-नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका छन्। नेपाली काग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गर्दै असन्तुष्ट विद्यार्थीहरूले नाराबाजी गरेका हुन्।

दुई समूहबीच झडपको अवस्था सिर्जना भएको नेविसंघको नेताहरुले बताएका छन्।दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले रोकेको नेविसंघको नेताहरुको भनाई छ।
असन्तुष्ट विद्यार्थीहरूले नाराबाजी गर्दैँ मिडियामा आफ्नो भनाई सार्वजनिक गरेका छन्।
नेविसंघ नेता योगेन्द्र रावलले भने, ‘विद्यार्थीले पनि नचिन्ने, नेविसंघको विधानले पनि नचिन्ने कार्यसमिति विरुद्ध आन्दोलन हो । एक चेत भएको विद्यार्थीका लागि यो कदापि स्वीकार्य हुन सक्दैन । १२ औँ महाधिवेशन सुनिश्चित गर्न पनि हामीले विद्रोह सुरु गरेका हौँ ।’
नेविसंघ नेता अशोक विष्टले अन्यायमा पारिएका विद्यार्थी नेताहरूको न्यायका लागि नेविसंघमा समान्तर समिति गठन गर्न लागिएको बताए ।
‘लामो समय नेविसंघमा काम गरेका साथीहरूमाथि नेतृत्वले अन्याय गरेको छ। न्यायमा परेको साथीहरुको न्यायका लागि नेविसंघ केन्द्रीय समिति घोषणा गर्छ,’ उनले भने। आफूहरूले विधानअनुसार एक सय ५१ सदस्यीय नेविसंघ घोषणाको गृहकार्य गरिरहेको उनको भनाइ छ ।
