
२४श्रावण,काठमाडौँ-नेपाली कांग्रेस निकट विद्यार्थी संगठनलाई बिधान सम्मत चलाउने भनदै केन्द्रीय कार्यसमिती घोषणा कार्यक्रम गर्ने भनेर पोष्टर बनाएर सार्वजनिक भएपछि नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सामाजिक सञ्जालको माध्यमबाट कुनै भेला नबोलाएको बताएका छन् ।उनले नेविसंघमा आवद्ध विद्यार्थी नेतालाई भ्रममा नपर्नसमेत आग्रह गरेका छन् ।

गलत सूचना
नेविसंघको अध्यक्षको जिम्मेवारी पाएको दिनदेखि नै आफूले केन्द्रीय समिति गठनका लागि निरन्तर प्रयास गरेको उनले बताएका छन् । उनले विशेष परिस्थितिका कारण केन्द्रीय समितिले पूर्णता पाउन १७ महिना कुर्न परेको पनि बताएका छन्।
केन्द्रीय समितिमा नअटाएका विद्यार्थी नेताहरुको उचित व्यवस्थापन गर्ने कुरामा आफू गम्भीर रहेको पनि उनले बताएका छन् । केन्द्रीय समिति विस्तारका क्रममा असन्तुष्ट रहेका नेविसंघका केही विद्यार्थी नेताले समानन्तर समिति गठन गर्न लागेपछि शेर्पाले यस्तो बताएका हुन् ।
