Fast Nepal News

कोशीका मुख्यमन्त्रीमा उद्धव थापा निर्वाचित

सभामुख रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले मंगलबार नै राजीनामा दिएका थिए ।

banner single news

१७ साउन, विराटनगर-मंगलबार प्रदेशसभाका ९३ मध्ये ४७ सदस्यको समर्थनसहित कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ जनाको समर्थन जुटाएर कोशीका मुख्यमन्त्री उद्धव थापा हुन सफल भएका छन् । त्यसका लागि सभामुख रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले मंगलबार नै राजीनामा दिएका थिए ।

विश्वासको मत पाउने सम्भावना छ भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री थापाले प्रतिप्रश्न गरे, ‘गठबन्धनमा बहुमत पुगेकै छ, यसमा कुनै शंका छ र ?’

९३ सदस्यीय प्रदेशसभामा ४७ जनाको समर्थन अनिवार्य चाहिने अवस्थामा सत्तापक्षकै कुनै प्रदेशसभा सदस्यले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएमा मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्ने आशंका पनि गरिएको छ ।

हाल उपसभामुख एमालेकी सिर्जना दनुवार रहेकी छन् । उनले राजीनामा दिएमा ज्येष्ठ सदस्यको रुपमा कांग्रेसका गयानन्द मण्डलले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ ।

Inside Article Ads

उपसभामुखको राजीनामासम्बन्धी प्रश्नमा मुख्यमन्त्री थापाले भने, ‘आएपछि सोचौला नि, उहाँको राजीनामाको परिकल्पना हामीले गर्ने होइन नि ?’

मुख्यमन्त्री थापाले आफ्नो सरकार ४ वर्षसम्म चल्ने पनि दाबी गरे । विश्वासको मत लिन कठिन रहेको अवस्थामा कतिपयले ३० दिनको सरकारका लागि सभामुखलाई राजीनामा गरायो भनेर टिप्पणी भइरहेको छ नि भन्ने प्रश्नमा थापाले भने, ‘कहाँ ३० दिनको ? यो सरकार ४ वर्षका लागि हो ।’

प्रदेशसभाको अंकगणितका कोशीको राजनीति यो कार्यकालमा सहज नभएको पनि थापाले बताए ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.