Fast Nepal News

प्रभास केसी हरिरामले पाए कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी

अन्य संगठनलाई चुनौती दिन सक्ने  साहसी, निडर र लगनशील ब्यक्तिको रुपमा रहेका केसीले कोटेश्वर क्याम्पस नेपाल विद्यार्थी संघको रिक्त रहेको कार्यबाहक सभापति पदको जिम्मेवारी पाएका हुन्।

banner single news

९ जेठ,काठमाडौँ- राजनीतिमा सानै देखि रुचि भएका र विद्यालय तहमा बाल क्लबको समेत अध्यक्ष भूमिका निर्वाह गरेका प्रभास केसी (हरिराम)ले पाए कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन्।अन्य संगठनलाई चुनौती दिन सक्ने  साहसी, निडर र लगनशील ब्यक्तिको रुपमा रहेका केसीले कोटेश्वर क्याम्पस नेपाल विद्यार्थी संघको रिक्त रहेको कार्यबाहक सभापति पदको जिम्मेवारी पाएका हुन्।

नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पसका उपसभापति समेत रहेका प्रभास केसी कार्यबाहक सभापतिमा निर्बिरोध मनोनयन भएको नेपाल विद्यार्थी संघ कोटेश्वर क्याम्पस इकाईले जनाएको छ।

Inside Article Ads

नेबिसंघ कोटेश्वर क्याम्पसको कार्यबाहक सभापतिको जिम्मेवारी पाएपछि केसीले टुहुरो भएको नेबिसंघमा आफू राजनिती गर्न नआएको बताँउदैँ गरिब विद्यार्थीको हक अधिकार सुनिश्चित गर्न र क्याम्पस मा आइपर्ने विद्यार्थीको समस्याको समाधान गर्न, क्याम्पसमा हुने शैक्षिक माफिया र लुटतन्त्रको अन्त्य गर्न आएको बताएका छन्।अब नेतृत्व को जिम्मा आफ्नो काधँमा आएको अनुभूती भएको धारणा व्यक्त गर्दै सहि गन्तव्यसम्म शिक्षा क्षेत्रको विकाशमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Visited 62 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.