Fast Nepal News

राष्ट्रपतिले संसद भवन जाँदा सडक खाली नगराई जाने

नागरिकले दुख पाउने गरी बाटोमा कुनै तामझाम हुँदैन । परम्परा धान्नका लागि गेटभित्र गर्नुपर्ने कार्य सुरक्षा निकायले गर्छन् ।’

banner single news

५ जेठ, काठमाडौं । यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा राष्ट्रपति भवनदेखि नयाँ बानेश्वरसम्मकै सडक खाली गराई जाने गरेकोमा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी सामान्य तरिकाले संसद भवन जाने भएका छन् ।

यसपटक सडक खाली नगर्ने र राष्ट्रपति सामान्य तरिकाले संसद भवनसम्म पुग्ने र संसद भवन भित्र मात्रै रिसल्ला सहितको कारकेडको व्यवस्था गर्ने तयारी छ ।

नागरिकलाई अप्ठ्यारो नहुने गरी राष्ट्रपतिको आवागमन हुने राष्ट्रपतिका सचिवालयका एक सदस्यले जानकारी दिए । उनले भने ‘नागरिकले दुख पाउने गरी बाटोमा कुनै तामझाम हुँदैन । परम्परा धान्नका लागि गेटभित्र गर्नुपर्ने कार्य सुरक्षा निकायले गर्छन् ।’

Inside Article Ads

आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा आज शुक्रबार प्रस्तुत गरिने कार्यक्रम छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.