
२६ चैत,काठमाडौँ-उपनिर्वाचनको संघारमा राजनीतिमा एक नयाँ मोड देखापरेको छ।जनताले रुचाएको नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मन्त्री बन्न हुने आर्थिक चलखेलको विषय मेडिकल व्यबसायी दुर्गा पसाई र रास्वपाका सांसद ढाका कुमार श्रेष्ठको अडियो संवाद सामाजिक सञ्जालमा बाहिरिएको छ।
मेडिकल व्यबसायी दुर्गा पसाई र रास्वपाका सांसद अडियो संवादमा राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद ढाका कुमार श्रेष्ठले रास्वपाले स्वास्थमन्त्री बन्न रास्वपाले २ करोड माग गरेको र आफूसँग मनग्य रकम नभएको भन्दै मेडिकल व्यबसायी दुर्गा पसाईलाई २ करोड आर्थिक रकम सहयोगको माग गरेको छ।मेडिकल व्यबसायी दुर्गा पसाईले सहयोग गर्ने अभिव्यक्ति दिएको अडियो बाहिरिएको छ।
मेडिकल व्यबसायी दुर्गा पसाई र रास्वपाका सांसद ढाका कुमार श्रेष्ठको अडियो संवादले देशका नागरिकहरुको राष्ट्रिय स्वतन्त्र पार्टीमाथी हेर्ने दृष्टिकोण र बैशाख १० गते हुने निर्वाचनमा कस्तो परिणाम आँउछ भन्ने हेर्न नै बाकीँ छ।
