
१ चैत,काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपतिको निर्वाचन पछि विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले ६ चैत्रमा विश्वासको मत लिने तयारी गरेका छन् । उपराष्ट्रपति पदको निर्वाचन ३ चैत शुक्रबार हुँदैछ ।
शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलका शीर्ष नेताहरूले ६ चैतमा विश्वासको मत लिने विषयमा समझदारी गरेका छन् ।
नेकपा एमालेले प्रत्रानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
यस्तै, प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको तयारी पनि गरेका छन् ।
नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिने जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाएका छन् ।
