Fast Nepal News

पिडादायी पिडाहरु

भाष्कर श्रेष्ठ (विश्लेषक )

banner single news

सार्वभौमसत्ता सम्पन्न जनता जनार्दन रे !

जनताको जीवन मरणको सवाललाई मजाक ठान्ने, जीवनको सर्वाधिक कठिनाइको घडीमा उचित व्यवहार गर्न नजान्ने, रैतीजस्तो ठान्ने राष्ट्रले अन्ततः आफ्नै सन्तानबाट दण्डीत हुनुपरेको इतिहास सुरक्षीत छ! निकट भविष्यमा यी र यस्ता यावत अमानवीय कुकृत्यहरुको एकमुष्ट हिसाबकिताब हुनेछ! अति, अतिसार भो! राष्ट्रले अब यावत अवाञ्छित हर्कतहरुको मूल्य चुकाउनु पर्छ! त्यसको निम्ति राष्ट्र जगैदेखी भत्कनु/ भत्काइनु पर्छ, नयाँ शिराबाट निर्माणको थालनी गरिनुपर्छ !
मेरो अहम् कामना छ, यी र यस्ता पिडादायी पिडाहरु , विवशता र लाचारीहरु निरुपाय-विस्फोटक बनुन् , एक एक हिसाबकिताब गरुन् , राष्ट्रलाई दण्डीत गरून् र सर्वसाधारणजनलाइ न्याय दिलाउन् ! बुद्ध जयन्तीको दिनपनी शान्त हुन सकिएन! खोइ किन हो हिजोआज देश निकै दुख्न थालेको छ, मुटु पोल्न थालेको छ! देशलाई दशा लागेर हो कि आफुलाइ दशा लागेर हो छुट्याउन गाह्रो भइरहेछ! स्मृतिको पन्नाहरु फटाफट पल्टिरहेछ! फ्रेन्च सम्राट लुइ सोह्रौ एक सामान्य वकिल/जनताको आदेशमा गिलेटिनले काटिएको दृश्य एकाएक ताजा भएर आउछन् , लुइ जसले म नै राज्य हु र राज्य भनेको मै हु भन्ने गर्थे ! घरीघरी जर्मनीका सनकी तानाशाह एडोल्फ हिटलर याद आउछन् ! विश्व विजेता बन्ने सपना पालेका उनी अन्ततः आफैले बनाएको सागुरो बन्करभित्र जिन्दगीको अन्तिम दिनहरु बिताउदै आफैले आफैलाई गोली दागेर अति दयनीय मृत्यु मर्नुपर्यो ! उनीसँग उनको अनन्य मित्र /युद्ध साझेदार, समकक्षी इटालीका तानाशाह रोबोर्टो मुसोलीनीको अहो! यो चुरीफुरी, रवाफ अनि सनक स्मृतिमा घुम्न थाल्छन् ! उनको ती सबै दिनहरु सम्झन्छु र विशेषगरी रोमको डबलीमा हप्तौं उधोमुन्टो झुन्ड्याएर राखिएको ती अन्तिम दिनहरु सम्झन्छु ! जो जनताको सबै प्रकारको घृणा र आक्रोशको तारो बनेको थियो ! यस्ता किस्साहरु कति छन् कति ! सबै आ-आफ्नो भूमिका सहित इतिहासको पन्नामा सुरक्षित छन् ! रोमानियाको चाउचेस्कु,सोभियत रूसको मिखाइल गोर्वाचोभ, इराकको सद्धाम हुसेन लगायतको कुरा गर्नु परोइन , ती हिजोअस्तिका कुरा हुन् ! के के भयो सबैलाई थाहा भएको कुरा हुन् ! यी मध्ये गोर्वाचोभ जिवित छन् , तर उनी आफ्नै देशमा परित्यत्य, तिरस्कृत, अपहेलित अनि गुमनाम छन् ! यदाकदा कुनै कुनै सन्दर्भ र समाचारहरु जिवित भेटिन्छन् ! निरीह जनताको रगत चुस्ने अनि हुनेखानेलसिइ पोस्ने , देशको काट्टो खाने हाम्रा दले नेताहरुको अवस्था योभन्दा निकै नाजुक,दयनीय हुनेवाला छन् ! …..

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.