Fast Nepal News

फागुन २१ निर्बाचनको विचार विमर्श र चिरफार

सुरेन्द्र मान घले ( लमजुङ )

banner single news

फाल्गुण २१ को निर्बाचन गत भाद्र २३ र २४ को जेन-जी विद्रोहकै विस्तार हो । आवधिक निर्बाचन अनुसार २०८४ मा हुनु पर्ने निर्बाचन जेन-जी क्रान्तिको कारण २०८२ मा भयो ।
जेन-जी विद्रोह यती भयानक आाँधीवेहरी थियो यती धेरै उथलपुथल ल्यायो जस्ले हिजोको पुराना दलहरुको जगै नराम्ररी हल्लाइ दियो । फलस्वरुप फाल्गुण २१ गतेको चुनाबमा अन्तिम धक्का दिएर दल संगै तिनको अहंकार र दम्भ गर्ल्यामगुर्लुम ढल्यो । मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ तर मतरुझान हेर्दा रास्वपा एक्लैको कुल २७५ सिटमा २०० हाराहारी पुग्ने संकेत गर्दछ ।

किन चाउरिस मरिच आफ्नै रागले –

मतपरिणाम आउदै गर्दा यस्तो लाग्दैछ ठुलै सुनामी आएर पुरानो दललाइ एैया पनि भन्न नपाइ संसानघाट बनाइ दियो । के अचानक यस्तो सुनामी एक्कासी आएको हो त ? एकछिन इतिहास नियालौं ।
१) बहुदल पछिको पहिलो आम निर्बाचन २०४८ मा नेपाली काग्रेसलाइ कुल २०५ मध्ये ११४ सिट दिएर गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा काग्रेसको एकल बहुमत दियो तर दल भित्रको आपसी झगडाले सरकार ढल्यो २०५१ मा मध्यावदी चुनाब भयो ।

२) फेरी २०५६ मा काग्रेसको नेता कृष्ण प्रसाद भट्टराइको नेतृत्वमा पुन २०५ सिटमा १११ दिएर पुन: काग्रेसलाइ एकल बहुमत दियो तर काग्रेसको घर झगडाले संसदमा बिकृति बढ्यो अन्तत राजा ज्ञानेन्द्रले कू गरी शासन आफ्नो हातमा लियो ।

३) २०६२/६३ जन आन्दोलनपछि शसस्त्र विद्रोह बाट शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत माओवादी २०६४ को संविधान सभा निर्वाचनबाट ठुलो दल भयो । तर माओबादीमा जीतको उन्माद यति बढ्यो आखिर उन्माद नै समाप्तीको ओरालो यात्रा भयो ओरालो यात्रा अझै जारी छ पछिल्लो पटक प्रचण्ड चुनाब क्षेत्र परिवर्तन गर्दै रुकुममा सिमित हुन पुगेको छ ।
४) २०७४ को निर्बाचनमा एमाले र मावोबादीले गठबन्धन गर्दै पार्टी एकता समेत गर्ने भनेर चुनाबमा होमियो । फलत जनताले गठबन्धनलाइ २/३ नजिक १७४ सिट बिजयी गरायो।पार्टी एकता भयो पार्टीको नाम नेकपा राखियो । समृद्ध राष्ट्र सुखी नेपालीको नारा लगायो राष्ट्रलाइ समृद्ध पार्ने त्यो ऐतिहासिक र दुर्लभ अवशर आपसी झगडा र अन्तर संघर्षमै खेर फाल्यो । संसद २ पटक विघटन भयो फेरि पुनस्थापना भयो नेकपा ३ टुक्रामा विभाजित भयो । त्यसपछि अनेक खालको अनैतिक र सिद्धान्तहीन गठबन्धन बन्ने / भत्किने फेरी बन्ने र भत्किने उदेकलाग्दो दृष्य देखियो । सत्ताको म्युजिकल चेयरले जनतामा असुन्तुष्टि चुलियो ।

Inside Article Ads

५) २०७९ को निर्बाचनमा काग्रेस र एमाले पहिलो र दोश्रो दल बन्यो ।मावोबादीको म्याजिकल संख्याले पालै पालो एमाले काग्रेस लाइ खेलाइ रह्यो । मावोबादीको धोकाको बदला लिन काग्रेस र एमाले आफै गठबन्धन बनाएर लोकतन्त्रकै मर्म माथि प्रहार गर्दै सरकार बनायो । बहुमतको अहंकार र दम्भले अन्तत सामाजिक संजाल बन्द गर्ने निर्णय गर्यो जस्ले गर्दा जेन-जी विद्रोहको विजारोपण भयो ।

जेन-जी विद्रोहको रापताप

भ्रस्टाचार र कुशासन विरुद्ध उठेको जेन-जी विद्रोह बर्षौ देखिको शासक प्रतिको आक्रोस र असन्तुष्टीको बिस्फोट थियो । ४८ घण्टाभित्र भयानक आँधिबेरी सिर्जना गरेको त्यो विद्रोहमा राज्यले २३ गते कलिलो विद्यार्थी माथि गोली चलाएर आम नरसंहार मच्चायो । जेन-जी विद्रोही विद्यार्थीको रगतले सडकमा रगतको खोला बग्यो ।२३ गते सरकारले घटनाको जिम्मेवारी लिदै राजीनामा दिएको भए २४ गतेको कहाली लाग्दो विध्वंश हुने थिएन । अन्तत २४ गते जन आक्रोसले शासकहरु राजिनामा दिएर आफ्नै ज्यान जोगाउन हेलिकप्टरबाट भाग्नु पर्ने अवस्था आयो ।

अहंकार र दम्भको प्रदर्शन-

जेन-जी विद्रोहमा ७६ जनाको ज्यान गयो देशको महत्वपूर्ण भवनहरु जले खर्बौको क्षति भयो अकल्पनिय विध्वंश भयो। यसो हुनुमा अपदस्त भएका मुख्य नेतृत्वले न त जिम्मेवारी लियो न माफी माग्यो । एकोहोरो मानमर्दन गर्ने, आतंककारी करार गर्ने, विदेशी दलाल भनेर शहिदको अपमान गरी रह्यो । यति ठुलो विद्रोह हुनुमा सरकार र माउ पार्टीले कहिल्यै आत्मसमिक्षा गरेन । आफ्नै कुकर्म र कुशासनले गर्दा यो अवस्था आएको बोध भएन कमजोरीको समिक्षा गर्नै चाहेन ।

परिवर्तनको घंटी –
राजनैतिक इतिहासमा कुनै पनि ठुलो राजनैतिक परिवर्तन वा क्रान्ति बाट सम्पन्न निर्बाचनमा क्रान्तिलाइ नै अनुमोदन गर्दछ । यसपटक त्यही भयो । नेपाली जनताले जेन-जी विद्रोहमा राज्यले गरेको अत्याचार, सहिद प्रति अन्याय र पुरानो सत्ताको दम्भ र अहंकारलाइ खारेज गर्दै नयाँ राजनैतिक परिवर्तनको घण्टी बजाएका हुन् ।

पुरानो युगको अन्त्य र नयाँ युगको थालनी –

फाल्गुण २१ को निर्बाचन सामान्य थिएन । मत परिणामहरु आउदै गर्दा सबै जसो क्षेत्रमा नयाँ परिवर्तनको पक्षले ठुलो मतान्तरले जित्ने चमत्कारी नतिजा देखिएको छ । निर्बाचनको इपिसेन्टर झापा -५ को परिणामले विश्व नै चकित पार्यो । एमालेको शक्तिशाली र भावी प्रधानमंत्रीको रुपमा अघि सारिएको केपी शर्मा ओलीलाइ १८ हजारमा रोक्दै बालेन शाहले ५० हजारको मतान्तरले ६८ हजार मत ल्याइ विजयी भयो । पुराना दलको लज्जास्पद हारले उनीहरु उठ्नै नसक्ने गरी पराजीत भएका छन । समानुपातिक तर्फको मतगणनामा त्यही रुझान देखिएकोले परिवर्तनको पक्षमा दुइ तिहाइ पुग्ने संकेत देखिएको र यो घटनाले अब एउटा युगको अन्त्य र नयाँ युगको आशा गर्न सकिन्छ।

नयाँलाइ अवशर र चुनौती –

यस निर्बाचनबाट जनता नै सर्बशक्तिमान हो भन्ने कुरा प्रमाणित भएको छ । जनता जनार्दन नै शक्तिको अन्तिम श्रोत हो । पुरानालाइ पटक पटक मत दिएको तर पटक पटक जनताको मतलाइ वेवास्ता गरेका पुराना दललाइ विगत ३५ बर्ष देखिको हिसाब किताब एकैपटक चुक्ता गरेका छन् । जनताले यस पटक नयालाइ अवशर दिएका छन् । जीतको दम्भ र अहंकार नदेखाउनु होला । विजय जुलुस नगर्न आधिकरीक रुपमै निर्देशन दिनु एउटा परिपक्क निर्णय हो । यो जीत कुनै व्यक्ती वा पार्टी विशेषको मात्रै जीत होइन देशले नै जीतेको सुखद क्षण हो । अहंकार र दम्भले पुराना दल कसरी समाप्त भयो त्यो कुराको ख्याल राख्न सुझाब दिन चाहन्छु । अब केबल काम- परिणाम, काम- परिणाम । असफल हुने छुट छैन । असफल भयो भने पाँच वर्षपछिको निर्बाचनमा जनताले तपाइहरुलाइ पनि छोड्दैन ।
सबैको भलो होस देशको भलो होस । जय नेपाल ।

Visited 393 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.