
प्रकाश कपाली।
समाज गतिशील र परिवर्तनशील छ।समाजको माग अनुसार हरेक समय परिस्थितिको स्थिति अनुरुप समाजमा परिवर्तनको लहर देखापर्छ। समाज त्यतिकै परिवर्तन हुने होईन। सामाजिक प्राणी मानिसले समाजमा विद्यमान समस्या देख्छ र समाजको समस्याको समाधान गर्ने क्रममा विभिन्न बाधा, अड्चनहरुको सामना गर्छ र समाज परिवर्तनको संघर्ष प्रश्चात समाज परिवर्तनको अवस्थामा पुग्छ।
अहिलेको सन्दर्भमा नेपाली समाजलाई हेर्ने नै हो समाजमा राम्रो व्यबस्थाहरु विद्यमान रहेको छ।तर समाजको अवस्थामा भने परिवर्तन आउन सकिरहेको छैन। समाजलाई हाक्ने नेतृत्वले व्यबस्थालाई लत्याएर समाजको अवस्थामा परिवर्तन ल्याउन नसक्नुमा नेपाली समाज दोषी छ। युवाहरु जो समाजको नेतृत्व गर्ने सामर्थ्य राख्छन्।तर युवाहरुले पूर्ण रुपमा समाजको नेतृत्व गर्ने अवसर नै प्राप्त गरेको छैन। केहि केही सिमित युवासमुहले समाजको नेतृत्व गरेपनि पूर्ण रूपमा युवा शक्तिले समाजको नेतृत्व नगर्दा समाज र समाजमा बसोबास गर्ने मानिसहरू चिन्तित र विचलित भएको देखिन्छ। युवाहरु समाजको नेतृत्वमा अघि बढ्न नसक्नुको मुख्य कारण नै आजको विकृत राजनीति हो।
समाजमा फैलिएको यस विकृत राजनीतिले सामाजिक र मानसिक रूपमा युवा पुस्तालाई नेतृत्व गर्नतर्फ एक कदम अगाडि बढ्न समस्या निम्त्याएको देखिन्छ। समाजमा रहेका विकृत राजनीतिको जगमा उभिएर समाजको हरेक समस्यासँग लडेर विकृत राजनीतिले समाजको सामाजिक र मानसिक अवस्थाको सुधार गर्न आज युवा अग्रस्थानमा आउनुपर्ने स्थितिको सिर्जना भएको देखिन्छ।
युवाहरु समाजको नेतृत्व गर्दा समाजको विकृत राजनीतिको अन्त्य हुन टेवा पुग्नुका साथै समाजमा विद्यमान रहेको समस्या समाधानमा मद्दत गर्न समेत टेवा पुर्याउछ।युवामा भएको उर्जाशील सोचले समाजलाई परिवर्तन गर्ने सामर्थ्य राख्ने भएकाले सामाजिक समस्याको समाधान गर्न युवा नेतृत्वले निर्वाह गर्ने भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले समाजमा भएको विकृति बिसंगति निर्मूल गर्न, युवा जनशक्ति परिचालन गरी समाजका व्यक्तिहरूको राजनीतिक, सामाजिक,मानसिक, आर्थिक स्थितिमा सुधार ल्याई नेपाली समाजको नेतृत्व गर्न युवा नेतृत्व आजको वर्तमान समाजको लागि आवश्यक छ।
युवा नेतृत्व नै समाज परिवर्तनको संवाहक भएको हुनाले सामाजिक परिवर्तन र विकासको लागि समाजको हरेक क्षेत्रमा नेतृत्व गरी समाजलाई सुधारको मार्गमा अघि बढाउनुपर्छ भन्ने वर्तमान समाजमा समयले माग गरेको छ। समयको आवश्यकता र मागअनुसार युवाको नेतृत्व नै आजको आवश्यकता हो।
