Fast Nepal News

राजनीतिमा युवा

प्रकाश कपाली

banner single news

बिहानीपखको उदाउँदो सूर्यको प्रकाशजस्तै मुलुकको भविष्यका आजको राष्ट्रनिर्माता नै आजको युगको युवा पुस्ता हो। राष्ट्र निर्माण जग र मूलाधार नै युवा हो।

युवा बिना राष्ट्र निर्माणको परिकल्पना गर्नुको कुनै औचित्य छैन। आजको युगमा युवाहरु राष्ट्रका हरेक कार्यमा सक्रिय भएर लागेमा मात्र राष्ट्रको विकास र समृद्धिको चाहना साकार हुन्छ।

युवाको सहभागिता र एकता बिना मुलुकको विकास र समृद्धिको चाहना चाहनामा मात्र सिमित हुन पुग्दछ। त्यसैले वर्तमान समयका युवाहरूको राजनीतिमा सक्रिय हुनु आज आवश्यक छ। युवाको राजनीतिमा सक्रिय सहभागिता र एकताले राष्ट्र विकासको मेरुदण्डलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ। राजनीतिमा आजको युगमा असल मार्गमा डोर्याउन र राष्ट्रलाई विकासको मार्गमा अग्रसर गराउन राजनीतिमा युवाले निर्वाह गर्ने भूमिकाले महत्वपूर्ण अर्थ राख्ने गर्दछ।

त्यसैले वर्तमान प्ररिपेक्ष्यमा राजनीतिमा युवा सक्रिय भएर लागी सामाजिक विकृति विसंगति माथि वैचारिक क्रान्ति गरी हाम्रो समाजलाई विकृति विसंगति मुक्त बनाउन युवाको भूमिका आवश्यक छ।

Inside Article Ads

तर बिडम्वना के छ भने नेपालमा विगतको दिनहरुको तुलनामा युवाको सक्रियतामा बृद्धि भएपनि अधिकाँश युवामा राजनीतिप्रतिको वितृष्णा कायम रहदाँ अहिले पनि राजनीतिमा युवा सक्रिय हुन सकिरहेको अवस्था छैन।

बेरोजगारी र बैदेशिक पलायन हुने युवाहरु प्रशस्त देखिरहको आजको युवा पिँढीले राजनीतिलाई फोहोरी खेल भन्दै परिभाषित गरेका छन्। आजको युवाहरु राजनीति वितृष्णा बाट मुलुकको हकहित र विकासमा अग्रसर हुन अति आवश्यक देखिन्छ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.