Fast Nepal News

सेना दिवस विषेश लेख(मेरो देशको सान र पहिचान, मेरो नेपाली सेना)

डायमण्ड जाेशी

banner single news

डायमण्ड जोशी। काठमाडौ
एसियाका दुई विशाल सभ्यताहरू अनि विश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भूगोल सम्पूर्ण कुराहरूको अनुपम सङ्गम हो । विश्वको शिर सगरमाथाको उचाइबाट तल तराईका समथर फाँटहरू सम्म फैलिएको देश नेपालको आफ्नै मौलिक पहिचान छ । कति चाडपर्वहरू ऐतिहासिक घटनाको सम्झनाका लागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्य हरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि बीजहरू छर्ने आदिजस्ता विषयवस्तुसँग सम्बन्धित छन् । वैदिक नेपाली सनातन संस्कारका यी सबै चाडपर्वहरू अनि तिनका सरल ब्याख्याका साथ नेपाली यादहरूको कोसेली लिएर वर्ष दिनभरि यहाँहरू समक्ष आउनेक्रममा आज हामी महाशिवरात्रि र हाम्रो देशको पहिचान नेपाली सेना दीवसको शुभकामना लिएर यहाँको मोबाइल स्क्रिनमा आई पुगेका छु।
नमस्कार, म डायमण्ड जोशी

हरेक वर्ष महाशिवरात्रिका दिन नेपालमा सेना दिवस मनाइन्छ र यस क्रमको सुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । काठमाडौँ आसपासमा केही हप्ता अगावै आकाशमा सेनाका हेलिकप्टरका लर्को र हवाई परेड अभ्यास देखिन थालिएको हुन्छ । आजका दिन टुँडिखेलमा सेनाले विशेष कार्यक्रम र परेड प्रदर्शन गर्दछ । उच्च ओहोदाका सैन्य अधिकारी अनि राष्ट्राध्यक्ष सम्मको उपस्थिति हुने यस कार्यक्रम हेर्न सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
हाम्रो देशमा पछिल्लो समय निकै राजनैतिक भुअस्थिरता देखियो, अनेकौँ राष्ट्र हित विपरितका विदेशी सम्झौता गर्न पछाडी नपरेका हाम्रा राजनैतिक दललाई पनि ठेगान लगाउन सक्ने बलवान् र नैतिकवान सिमा र सम्प्रभुता सुरक्षा बल नेपाली सेनाको अवतरण दिवस हाम्रो देशका विभिन्न सम्प्रभुता को रक्षा गरे जसरी नै फाल्गुन कृष्ण चतुर्दशी का दिन हरेक वर्ष महाशिवरात्री को पावन अवसर मा नेपाली सेनाले धुमधाम सहित महाशिवरात्री फाल्गुन कृष्ण चतुर्दशी का दिन मनाउने गर्दछ। प्रत्यक वर्ष झैं केन्द्रिय राजधानी काठमाण्डौको सैनिक मञ्च टुडिखेलमा मंगलबार भव्य कार्यक्रम हुने भएको छ। कार्यक्रम उद्घाटन समारोहमा प्रधानमन्त्री, राष्ट्रपति, र देशका उच्च पदस्त महाजन हरु को उपस्थित हुने छ।
यस बर्ष मिति २०७८/११/१७ गतेका दिन महाशिवरात्री तथा सेना दिवस(२०७८) को अवसरमा नेपाली सेनाले काठमाण्डौको सैनिक मञ्‍च, टुँडिखेलमा मुख्य समारोह तथा नेपाल भरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव(युनिटहरुले पनि आ-आफ्नो क्षेत्रमा विभिन्‍न कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ मनाउने योजना रहेको छ ।
काठमाण्डौमा गत वर्षहरुको संख्यामा नेपाली सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसको कार्यक्रममा सहभागी रहेकोमा यो वर्ष पनि कोभिड १९ का कारण जनशक्तिको सहभागिता संख्या २४०० रहनेछ भने सबै कार्यक्रमहरुमा स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरुको पूर्णरुपमा पालना गरिने छ ।
नेपाली सेनाका परमाधिपति सम्माननिय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यमा राईफल तथा तोपबाट बढाँई कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेट लगायत विभिन्न युनिटहरुबाट मार्चपाष्ट, बख्तरबन्द गाडी तथा विभिन्न हतियार तथा ईक्युप्मेन्टहरुको प्रदर्शन, ब्याण्ड डिस्प्ले, नेपाली सेनाका हेलिकप्टरहरुबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस २०७८ लेखिएको ब्यानर प्रदर्शन र पुष्पबृष्टि तथा हवाइ जहाजहरुबाट फ्लाई पास्ट एबकत प्रदर्शन ।

सोहि समारोहमा राष्ट्रिय गौरवका सडक निर्माण आयोजनाहरु, राष्ट्रिय निकुञ्‍ज तथा बन्यजन्तु आरक्षण, विश्व शान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापन सम्बन्धि विविध गतिविधिहरु झल्कने गरि नेपाली सेनाले झाँकी प्रदर्शन गर्ने छ।

आकर्षक सैनिक कलाहरुको प्रदर्शन अन्तर्गत नेपाली सेनाका पारा ट्रुपरहरुबाट फ्रि-फल जम्प लगायत खुकुरी ड्रिल ।
नेपाली सेनाको कल्याणकारी कोषबाट ऋण सहयोग प्राप्त गरी कार्य गर्ने अवकाश प्राप्त उत्कृष्ट किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधान सेनापति लघुवित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भुतपूर्व सैनिक सम्मान प्रदान ।

नेपाली सेनाको प्रकृति संरक्षण तथा युद्धकार्य तथा पेशागत निरीक्षण २०७८ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटहरुलाई श्री प्रधान सेनापतिज्यूबाट ट्रफि तथा पुरस्कार प्रदान । त्यसै गरी पदोन्नती हुनेहरुलाई दर्ज्यानी चिन्ह तथा वर्ष भरी उत्कृष्ट कार्य गर्नेहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान ।

Inside Article Ads

सम्माननिय राष्ट्रपति ज्युबाट नेपाल एकिकरणको ईतिहास (१८०१-१८७२)नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही बार्षिक २०७८ को विमोचन तथा फ्रि फल जम्पमा प्रथम र द्वितिय हुने सहभागीहरुलाई पुरस्कार वितरण ।

हाम्रो देशमा पछिल्लो समय निकै राजनैतिक भुअस्थिरता देखियो, अनेकौँ राष्ट्र हित विपरितका विदेशी सम्झौता गर्न पछाडी नपरेका हाम्रा राजनैतिक दललाई पनि ठेगान लगाउन सक्ने बलवान् र नैतिकवान सिमा र सम्प्रभुता सुरक्षा बल नेपाली सेनाको अवतरण दिवस हाम्रो देशका विभिन्न सम्प्रभुता को रक्षा गरे जसरी नै फाल्गुन कृष्ण चतुर्दशी का दिन हरेक वर्ष महाशिवरात्री को पावन अवसर मा नेपाली सेनाले धुमधाम सहित महाशिवरात्री फाल्गुन कृष्ण चतुर्दशी का दिन मनाउने गर्दछ। प्रत्यक वर्ष झैं केन्द्रिय राजधानी काठमाण्डौको सैनिक मञ्च टुडिखेलमा मंगलबार भव्य कार्यक्रम हुने भएको छ। कार्यक्रम उद्घाटन समारोहमा प्रधानमन्त्री, राष्ट्रपति, र देशका उच्च पदस्त महाजन हरु को उपस्थित हुने छ।

नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले विभिन्न परेड, खेल र गोला, बम, बारुद पड्काउनेछ। जय भद्रकाली आयो वीर गोर्खालीको महान नारा लगाउँदै राष्ट्रियता झल्काउने किसिमका गित नाच र सामाजिक सुरक्षा का निमित्त गरिने कार्यक्रमहरु प्रदर्शन गर्ने छ।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.