Fast Nepal News

भाम्रक समाचारको खेतीले आम पाठकको मानसिकतामा निम्तिएको समस्या।

प्रकाश कपाली

banner single news

राज्यको चौथो अंग मानिने पत्रकारिता जगत समाजको ऐना हो। समाजमा घटना र सत्यतथ्य विषयवस्तु उजागर गर्ने प्रमुख भूमिका पत्रकारिता जगतले निर्वाह गरेको छ। सञ्चारमाध्यमहरुले विभिन्न विषयमा राष्ट्र र समाजको गतिविधिमाथि निगरानी राख्दै समाचार प्रसारण गर्नु पत्रकारको कर्तव्य हो । तर कतिपय अवस्थामा भ्रमपूर्ण र तथ्यहीन समाचार प्रसारण गर्दा यसले सञ्चारमाध्यमहरूको काम र कर्तव्य माथि गम्भीर प्रश्नवाचक चिन्ह खडा गरेको छ। नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको हकमा प्रत्येक व्यक्तिले आफ्नो विचार स्वतन्त्र पूर्वक सञ्चार माध्यमबाट व्यक्त गर्न पाउने संवैधानिक प्रावधान रहेको छ। यसैगरी नेपालको संविधान २०७२ को धारा १९ मा सञ्चारको हकको बारेमा उल्लेख गरिएको छ। कुनैपनि सञ्चार माध्यमहरुले स्वतन्त्र रूपमा सम्पादकीय, लेख रचना, सन्देशमूलक भिडियो साम्रगी प्रकाशित गर्न पाउने संवैधानिक प्रावधान छ।तर संविधानले राष्ट्रियता, स्वाधीनता,अखण्डता र व्यक्तिगत गोपनीयतामा खलल पुग्ने सूचना र समाचार कसैले प्रकाशित गर्न नहुने यदि सो कार्य गरेमा गैरकानुनी कार्य हुने विषयलाई नेपालको संविधान २०७२ को मौलिक हक, सूचनाको हकसम्बन्धी ऐन २०६४ ले प्रष्ट व्याख्या गरेको छ। विकास र प्रविधिको युगमा अघि बढिरहेको समाजमा प्रविधिको दुरूप्रयोग गर्दै कतिपय मिडियाहरुले तथ्यहीन,कलोकल्पित र भाम्रक समाचार प्रसारण गरिरहेका छन्।जसले गर्दा आजको पत्रकारिता क्षेत्रमा थप विकृति र चुनौतीहरु देखापरेको छ। कतिपय मिडियाहरुले व्यक्तिको गोपनीयतामा खलल पुग्ने किसिमको समाचार र कुनै चर्चित ख्यातीप्राप्त व्यक्तिहरुको विषयमा कुनै व्यक्तिको सहमति र कुनै व्यक्तिको आधिकारिक धारणा नबुझी कलोकल्पित र भाम्रक समाचार प्रसारण भईरहँदा यस्तो किसिमको समाचारहरूले सम्बन्धित व्यक्ति र आमपाठको सोचाईमा गम्भीर असर पर्न गएको देखिन्छ।भाम्रक र तथ्यहीन समाचारले आमपाठकको मानसिकतामा नकरात्मक प्रभाव र गलत सोचाईको विकास गर्ने भएकोले आज पत्रकारिता पेशा अवलम्बन गरिरहेका व्यक्तिहरुले नेपालको संविधान, पत्रकार आचार संहिता, पत्रकारिताको सिद्धान्तलाई अवलम्बन गर्दै सत्यतथ्य, निष्पक्ष समाचारलाई मिडियामा प्रसारण गरी आम पाठकको मानसिकतामा सकरात्मक सोचको विकास गराई सञ्चारमाध्यमप्रति आम पाठकको विश्वसनीयता कायम गर्ने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक देखिन्छ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.