Fast Nepal News

नेपालमा छुवाछुत विरुद्धको जनचेतना जरुरी छ

प्रकाश कपाली ‌( सम्वाददाता )

banner single news

आजको युग २१ औ शताब्दीमा प्रवेश गरिसकेको छ। विश्वका अधिकांश मुलुकहरु विकासको मार्गतर्फ अग्रसर भइरहँदा हाम्रो नेपाल जस्ता विकासोन्मुख राष्ट्र अहिलेसम्म पनि जातीय मामिलाको ओझेलमा परेको छ। त्यतिमात्र हैन आजको आधुनिक युगमा पनि छुवाछुत र भेदभाव गर्दै निम्नवर्गीय व्यक्तिहरुले कुरपूर्व यातना सहनु परेको छ। विगतका समयहरुमा दलित नै भएको कारणले कतिपय व्यक्तिहरु मारिएका छन् भने कतिपय व्यक्तिहरु अपमान तिरस्कारको शिकार भएका छन्। कतिपय शिक्षित व्यक्तिहरु पनि पूर्वजहरुको पछाडि लागेर निम्न वर्गका व्यक्तिहरुलाई अपमानजनक व्यवहार गर्दै अपमानजनक दृष्टिकोणले हेरिरहेका छन्। छुवाछुत र भेदभाव केबल जातमा मात्र सिमित नभई क्षेत्र, वर्ग, लिङ्ग, धर्म, भाषा, सांस्कृतिक विभेद पनि आजको युगमा हाम्रो समाजमा कायम रहेको छ। के विभेदले सामाजिक एकताको, सद्भावको भावना विकास गराउँछ र? आजको सवालमा यो महत्वपूर्ण विषय बन्न पुगेको छ । विभिन्न आधारमा व्यक्तिमाथि गरिने विभेदको सधैंका लागि अन्त्य हुनुपर्छ। कानुनलाई सैद्धान्तिक रुपमा मात्र सिमित नराखी व्यवहारिक रुपमा पनि कार्यान्वयन गर्ने पक्षमा सरकारको ध्यान जानु पनि अति नै आवश्यक देखिन्छ।विभेदको प्रमुख जरा नै समाजका व्यक्तिहरूको आचरण र व्यवहारको कारण हो। हरेक व्यक्तिमा समाज प्रतिको उत्तरदायित्व रहेको हुन्छ। मानवले मानवलाई समाजमा गरिने जाती विभेद बाहेकका अन्य विभेदहरुले मानव भएर बाँच्नुको अस्तित्वलाई भंग हाम्रो समाजले गरेको छ। समाजलाई राष्ट्रलाई विभेद मुक्त बनाउन सरकारले नेपालको संविधान २०७२ भाग ३ धारा २४ मा स्वास्थ छुवाछूत तथा भेदभाव विरुद्धको हक सम्बन्धी व्यवस्था गरेको छ। कुनैपनि व्यक्तिलाई जात, भाषा, लिङ्ग, वर्ग, समूह, क्षेत्रका आधारमा भेदभाव गर्न नहुने र भेदभाव गरेमा कारण बमोजिम सजाय हुने विषयलाई कानुनले प्रष्ट पारेपनि व्यवहारमा लागु हुनसकेको छैन । समाजमा कायम रहेको परम्परागत सोचबाट धेरै व्यक्तिहरु मुक्त हुन सकेका छन्। संस्कृति र विकृतिका विरुद्ध विभेद गर्नु पर्ने यस आधुनिक युगमा मानिसले सहि गलत नै नबुझी मानव माथि भएको भेदभाव ले आजसम्म पनि नेपाली समाजमा उच्च सोचको बिकास मा भएको र हाम्रो समाज परम्परागत सोचबाट मुक्त हुन नसकेको विषयलाई प्रष्ट पार्छ। नेपाली समाजको वर्तमान अवस्थालाई यसो नियालेर हेर्ने हो भने आज वर्तमान युवापुस्ताले नै विभेदको ओझेलमा फसेको पाइन्छ। समाजका रहेका अग्रजको सोचलाई सम्मान गर्नुपर्ने सामाजिक परिपाटी भएपनि असल कुराको सिको गरेसँगै भेदभाव गर्ने आचरणको सिको गर्नुबाट आजको युवा पुस्ता पन्छिन सकेको छैन। समतामूलक समाजको निर्माण हुनुपर्छ भनेर वकालत गर्ने कतिपय व्यक्तिहरुले सो विषयलाई व्यवहारिक रुपमा लागु गर्न नसक्नु दुःखद विषय रहेको छ। यसरी समाजम विभेद कायम कायम रहिरहने भए भविष्यमा भेदभाव गर्ने परिपाटीले ठूलो समस्या ननिमत्याउला भन्न सकिँदैन। त्यसैले समतामूलक समाजको निर्माण गर्न चाहाने ब्यक्तिहरुले आजैदेखि उच्चस्रोचको विकास गर्दै परम्परागत रुढिवादी सोचहरुलाई त्याग्दै समाजको विकासमा अग्रसर हुनु अति नै आवश्यक देखिन्छ। सरकारले पनि समाजबाट भेदभाव निर्मूल गर्न प्रभावकारी रुपमा कानुन लागू गर्ने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक छ।

Inside Article Ads
Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.