Fast Nepal News

काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा थप्ने तयारी

banner single news

काठमाण्डौ, भदौ ९ – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो। एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुगेको ठम्याईसहित निषेधाज्ञा अझै एक साता थप हुनसक्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

आज दिउँसो ३ बजे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक काठमाडौंमा बस्न लागेको र बैठकले आवश्यकताका आधारमा निर्णय लिने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। एक हप्ताको निषेधाज्ञाको प्रभावकारीताका समीक्षा गर्ने, अझै कडा बनाएर निषेधाज्ञा लागू गर्नेबारेका सुझावहरु अध्ययन गर्ने र तीनवटै जिल्लाको विपद् व्यवस्थापन केन्द्र डीसीसीएमसीको सुझावका आधारमा अघि बढ्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

हिजो मात्रै काठमाडौं उपत्यकाका स्थानीय तहहरुले भदौ १५ गतेसम्म आफ्नो सेवा बन्द गर्ने निर्णय गरेका थिए। उपत्यकाका चहलपहल कम हुँदा कोरोना संक्रमणको दर स्थिर रहेकाले केही समय सेवा बन्द गरी संक्रमणको दर घटाउन सकिने सुझावका आधारमा उपत्यका नगरपालिका फोरमले जिल्ला प्रशासन कार्यालयहरुलाई १५ गतेसम्म निषेधाज्ञा थप गर्न सुझावसमेत दिएका छन्।

Inside Article Ads

निषेधाज्ञा थप भएमा अत्यावश्यक सेवाहरु सुचारु गर्न दिइनेछ भने अनावश्यक हिँडडुल रोकथामका लागि प्रहरी परिचालन बढाउने तयारी गरिएको छ। हाल काठमाडौं उपत्यकामा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिइरहेका छन्। निषेधाज्ञाकै बीच बिहान साँझ, हिँडडुल गर्ने, मास्क प्रयोग राम्रोसँग नगर्नेलगायतका गतिविधि देखिएको भन्दै यस्ता कार्यमा पनि थप कडाई गर्ने जिल्ला प्रशासन कार्यालयहरूको तयारी छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.