Fast Nepal News

पैंचो नेशलन सेल्स समिट सम्पन्न, ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड 

banner single news

काठमाडौं पैंचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ ।

‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको हो । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैचोले नेपाली टिपिकल स्वादलाई शहरसम्म पु¥याएर विक्रि वितरण गरिरहेको छ ।

पंैचो पसलका प्रवन्ध निर्देशक धुव्र न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भईरहेको नेपाली समाजलाई रोक्नका लागि अब कृषिमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘नेपालमा कृषि क्षेत्रमा सम्भावना छ । नेपाली उत्पादन अन्य देशका उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने पैचोका उत्पादनले देखाएको छ  । नेपाली वस्तुको प्रयोग गर्नेको संख्या निरन्तर बढ्दा नेपाली कम्पनीको उत्पादन क्षमता विस्तार र रोजगारी बढ्छ । देशमा उत्पादनको खपत बढ्नु राष्ट्रकै लागि ठुलो अवसर हो ।’

उनले भने ‘नेपाली उत्पादनको व्यापार स्वदेशमा मात्र नभएर विदेशमा समेत माग उच्च छ । नेपाली उत्पादनले विदेशी उत्पादनलाई रोक्ने काम गरेको भन्दै नेपाली उत्पादनको बजार हिस्सा बढ्नु अवसर हो ।’

Inside Article Ads

यस्तै पंैचो पसलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव न्यौपानेले पैंचोसँग १ लाख भन्दा बढी किसान जोडिएर काम गरिरहेको बताए । उनले भने ‘नेपाली किसानलाई व्यवसायी खेति गर्न पैंचोले प्रोत्साहन गरिरहेको छ । किसानको खेतिबारीदेखि बजारसम्म आएको ग्रामिण उत्पादन बजारको रोजाईमा पर्नुले नेपाली कृषिउपजबाट बनेका उत्पादनको माग आगामी दिनमा अझै बढ्छ ।’

उनले बजारको रोजाईमा पंैचोको उत्पादन बढ्दा सेल्स प्रतिनिधीले विदेशमा भन्दा नेपालमैै राम्रो आम्दानी गर्ने वातावरण बन्दै गएको बताए ।

कम्पनीको प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले पैंचोको उत्पादनहरू बजारमा निरन्तर आफ्नो बजार बिस्तार गर्न सफल भएको बताए ।

पंैचोले ग्रामिण कृषकले उत्पादन गर्ने कृषिउपजबाट केचप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० भन्दा बढी प्रकारका सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउदै आएको छ  । कार्यक्रममा पैंचोका नेशनल सेल्स हेड, उत्पादन विभाग प्रमुख, कलसेन्टर, ब्राण्डिण विभाग, सेल्ल सुपरभाजर, डिलर सर्पोटर लगायत सयभन्दा बढीको सहभागिता थियो ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.