Fast Nepal News

३० गते शनिवार साँगे अभियानले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने

banner single news

 

काठमाडौं। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन लागेको हो । साँगेबासी बिचमा एकता एवम् भाइचारा अभिबृद्धी र संस्कृतिको जगेर्ना गर्ने हेतुले चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न लागिएको साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेले जानकारी दिनुभयो । साथै उहाँले दिउँसो ११:३० बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ ।

Inside Article Ads

त्यसैगरि अभियानका महासचिव सरोज ओझाले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा साँगे खोलाको शिर भाग क्षेत्रदेखि मादिको संगमस्थतसम्मको पानीढोलो क्षेत्र थाँतथलो भएका वा हाल बसोबास गर्ने सबैलाई स-परिवार उपस्थित हुन आव्हान गरिएको बताउनुभयो ।

Visited 58 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.